स्याङ्जामा ट्याक्टर दुर्घटना, एक महिलाको मृत्यु
बिहीबार, १४ असोज २०७८, २० : ५४
स्याङ्जामा ट्याक्टर दुर्घटना हुदा एकजना महिलाको मृत्यु भएको छ । आँधीखोला–५ सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासि गुड्दा एकजना महिलाको मृत्यु भएको हो ।
सेतीदोभानस्थित वरको रुख भन्ने ठाउँमा रोकिराखेको ट्याक्टर अचानक गुड्न जाँदा चोक्करको भारी बोकेर हिँडिरहेकी आँधिखोला ६ कि ४५ वर्षीया माया विकको उपचारको क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर आफैं गुडेको वा चालकले दुर्घटना गराएर भागेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय स्याङजा प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण