शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बेपत्ता भएको १६ दिनपछि शव भेटियो

शुक्रबार, १५ असोज २०७८, ०९ : ३३
शुक्रबार, १५ असोज २०७८

गुल्मीको घमिर गाउँका एक युवकको शव घरबाट बेपत्ता भएको १६ दिनपछि जंगलमा फेला परेको छ । मालिका गाउँपालिका–७ घमिर दिर्घ टोलका ३२ बर्षीय लोकनाथ पन्थीको शव घरदेखि १ किलो मिटर टाढाको जंगलमा फेला परेको हो ।  

उनी भदौ २८ गते पन्थी घरबाट बेपत्ता भएका थिए । जिल्ला अस्पतालमा शवको पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप