उत्तर कोरियाद्वारा अर्को एउटा मिसाइल परीक्षण
उत्तर कोरियाले बिहिबार आफ्नो नयाँ एन्टी एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ । एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो । यो मिसाइलमा परमाणु क्षमता भएको मान्यता राखिन्छ ।
परीक्षणको विषयमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले भने, ‘यी परीक्षणले अस्थिरता र असुरक्षाको विषयमा थप बढी आशंका पैदा हुन्छ ।’ यस्तै उत्तर कोरियाले भने आत्मरक्षाका लागि हतियारको आवश्यकता भएको बताएको छ । यस्तै उसले अमेरिका र दक्षिण कोरियामाथि दोहोरो मापदण्ड अपनाएको पनि आरोप लगाएको छ ।
उत्तर कोरियामा भएको हालैका परीक्षणले यो देखाउँछ कि कडा प्रतिबन्धपश्चात् पनि यो देश हतियारको निर्माणमा कमी गर्नका लागि इच्छुक छैन । देशको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार यो नयाँ एन्टी एयरक्राफ्ट मिसाइलले उत्कृष्ट युद्ध क्षमताको प्रदर्शन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण