आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ। मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा उठ्यो पोलमा करेन्ट लागेर मृत्यु भएको विषय
-
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो : सांसद शाही
-
सामाजिक सुरक्षा कोषमा अर्बौं रकम जम्मा, वैदेशिक रोजगारीमा जानेहरु धेरै आवद्ध
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै
-
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा