आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘आयो दशैं’ मा पुष्प र तनुजाको विछोडको पीडा

आइतबार, १७ असोज २०७८, १२ : ०७
आइतबार, १७ असोज २०७८

दशैँ नजिकिँदै गर्दा पछिल्लो समय दशैँ गीत धमाधम बजारमा आउन थालेका छन् । यस्तैमा गायक नरेश रेग्मीले दशैँलाई लक्षित गर्दै ‘आयो दशैं’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ ।
शिव हमालको शब्द तथा संगीत रहेको गीतमा दशैं नजिक आउँदा पनि प्रेमी प्रेमीका वाध्यताले टाढा हुनुपरेको पीडा व्यक्त गरिएको छ ।

गीतको भिडियोमा नायक पुष्प खड्का र नव–मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू गरेकी हुन् । १५ वर्षदेखि सांगीतिक क्षेत्रमा क्रियाशील नरेश पछिल्लो समय अष्ट्रेलिया रहेर गीत संगीतमा सक्रिय छन् । गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप