१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
आज २०८३ जेठ ३१ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा बालेनको ‘देश बनाउने टोली’मा को–को ?, कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित, निर्माण व्यवसायी र सरकारबिच टकराव, ओलीले स्वीकार गरे– विधि र पद्धति भत्केकै हो, नयाँ पार्टी निर्माण गर्न धवल र दुर्गा प्रसाईंले बढाए कदम, नेपाली आकाशमा अनुमतिबिना आयो भारतीय हेलिकोप्टर, प्रदेश सभापतिमा रास्वपाका सांसदहरू नै पराजित लगायत छन् ।
१. बालेनको ‘देश बनाउने टोली’मा को–को ?
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले ‘देश बनाउने टोली’भन्दै एउटा फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । आफू र अन्य दुई मन्त्रीसहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले ‘देश बनाउने टोली’का रूपमा चित्रण गरेका छन् ।
२. कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित
नेपाली कांग्रेसको इतर पक्षले आइतबार कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको छ । भेलाबाट सो पक्षका नेताहरू उत्साहित देखिएका छन् ।
३. निर्माण व्यवसायी र सरकारबिच टकराव
निर्माण व्यवसायी र सरकारबिच टकरावको अवस्था सिर्जना भएको छ । काम ठप्प पार्ने निर्माण व्यवसायीको ठेक्का तोड्न पूर्वाधार विकास मन्त्रालयले निर्देशन दिएको छ भने अर्कोतिर मूल्य समायोजन नभएकाले काम गर्न असहज भएको जिकिरसहित निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिने चेतावनी दिइरहेका छन् ।
४. ओलीले स्वीकार गरे– विधि र पद्धति भत्केकै हो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विधि र पद्धति भत्किएको स्वीकार गरेका छन् । यद्यपि यसका लागि आफ्नोमात्र दोष नरहेको उनले बताएका छन् ।
५. नयाँ पार्टी निर्माण गर्न धवल र दुर्गा प्रसाईंले बढाए कदम
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियान नेपालका प्रमुख नेता दुर्गा प्रसाईंले नयाँ पार्टी गठनका दिशामा कदम बढाएका छन् । आइतबार उनीहरूले विभिन्न २४ समिति गठन गर्दै नेताहरूलाई जिम्मेवारीसमेत तोकेका छन् ।
६. नेपाली आकाशमा अनुमतिबिना आयो भारतीय हेलिकप्टर
नेपाली आकाशमा अनुमतिबिना नै भारतीय हेलिकोप्टर प्रवेश गरेको छ । भारतीय सीमा सुरक्षा बल ‘आईटीबीपी’का महानिर्देशक सवार हेलिकोप्टर दार्चुलाको आकाशमा उडेको हो ।
७. प्रदेश सभापतिमा रास्वपाका सांसदहरू नै पराजित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश सभापतिमा सो पार्टीका बहालवाला सांसद नै पराजित भएका छन् ।
८. वन क्षेत्रबाट टेम्पो गुल्टाएकोबारे वन कार्यालयको प्रस्टीकरण
सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रमा टेम्पोलाई भिरबाट गुल्टाइएको घटनाबारे डिभिजन वन कार्यालय कैलालीले प्रस्टीकरण दिएको छ । उक्त टेम्पो गुड्ने वा चालु अवस्थामा नरहेको भन्दै सो कार्यालयले वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न राखिएको कवाडी संरचनालाई हटाइएको प्रस्ट पारेको छ ।
९. ६५ हजारमै आइफोन–१५ प्रो म्याक्स दिने भन्दै ठगी
६५ हजारमै आइफोन–१५ प्रो म्याक्स दिने भन्दै सामाजिक सञ्जालमा विज्ञापन राखेर रकम असुल्ने र सामान नपठाइ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
१०. बालेनले छाडेपछि कस्तो ल्यायो काठमाडौँ महानगरले नीति तथा कार्यक्रम ?
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले महानगरको जिम्मेवारीबाट राजीनामा दिँदै संघीय राजनीतिमा प्रवेश गरेपछि कार्यवाहक मेयर सुनिता डंगोलको नेतृत्वमा महानगरको नीति तथा कार्यक्रम ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण