क्रुज पार्टीबाट एनसीबीले शाहरुखका छोेरा आर्यनलाई कसरी पक्राउ गर्यो ?
मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शिपमा लागुऔषध भेटिएपछि नयाँ–नयाँ जानकारी सार्वजनिक भइरहेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले शाहरुखका छोरा आर्यनसमेत अन्य आरोपीसँग लामो सोधपुछ गरेपछि पक्राउ गरेको छ । यस्तै, अदालतले पनि एनसीबीलाई आरोपीलाई एक दिनको हिरासतमा राख्न आदेश दिएको छ ।
वास्तवमा एनसीबीलाई केही दिन अघि नै क्रुज शिपमा ड्रग्स पार्टी हुँदैछ भन्ने थाहा थियो । त्यसपछि अधिकारीले शिपको टिकट खरिद गरेर त्यसमा यात्रा गरे र बाटोमा नै आरोपीलाई पक्राउ गरे ।
एनसीबीको स्रोतले इन्डिया टुडेसँगको कुराकानीमा रेव पार्टीका बेला त्यहाँ १३ सय देखि १४ सय मानिस उपस्थित भएको जानकारी दिए । तर एनसीबीलाई हज्जारौंको भीडबाट ती ८ देखि १० जनाको खोजी थियो जसबारे गोप्य स्रोतबाट उनीहरुले जानकारी पाएका थिए । तीमध्ये आर्यन खानको नाम स्पष्ट थियो । आर्यन र अरबाज मर्चेन्टमाथि नजर राख्नका लागि एक विशेष एनसीबी अधिकारीलाई राखिएको थियो ।
स्रोतले दिएको जानकारी अनुसार आर्यन खानको नामबाट क्रुज शिपमा कुनै कोठा बुक गरिएको थिएन तर आयोजकले आर्यन खान र अरबाज मर्चेन्टका लागि एउटा भिन्न कम्प्लिमेन्ट्री कोठा राखिदिएका थिए । उनीहरु दुबै त्यो विशेष कम्प्लिमेन्ट्री रुममा जान थाले तब अचानक एनसीबीका अधिकारी दुबैको अगाडि आएर उनीहरुलाई भित्र जानबाट रोके । यी दुईको तलासी गर्दा आर्यन खानसँग केही पनि थिएन तर अरबाज मर्चेन्टको जुत्ताबाट चरेस भेटियो ।
त्यसपछि एनसीबीका अधिकारीले दुबैको मोबाइल फोन जफत गरे र त्यसमाथि अनुसन्धान गर्दा यी दुईले चरेस लिने कुरा गरिरहेको पत्ता लाग्यो । एनसीबीले आर्यनको बयान लिएको छ । यसमा पनि उनले एजेन्सीका अधिकारीलाई यहि कुरा बताए । स्रोतका अनुसार एनसीबीले आर्यन खान र अरबाज मर्चेन्ट लागुऔषध कारोबारीसँग लगातार सम्पर्कमा रहेको पनि पत्ता लाग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
