केपी ओली गाली शिरोमणि : रामकुमारी झाँक्री
नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले विभाजन हुनुको मुल कारण केपी ओली भएको बताएकी छन् । ओलीलाई गाली शिरोमणिको संज्ञा दिँदै झाँक्रीले उनले एमालेलाई विधिसम्मत ढंगले नचलाएको आरोप समेत लगाइन् ।
सोमबार दैलेखमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘ओलीले कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाएर चलाउन नसकेकाले हामीले छुट्टै कम्युनिष्ट पार्टीको आधार सिर्जना गर्नका लागि नयाँ पार्टी गठन गरेका हौं । केपी ओलीको अहंकार, निरङ्कुशवादी सोचको अन्त्य भएको छ ।’
झाँक्रीले दुई–दुई पटक ओलीले संसद भङ्ग गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्ने र वामपन्थी आन्दोलनलाई विसर्जनको बाटोतिर धकेलेको आरोप लगाइन् । ओलीले आर्थिक समृद्धिका गफ चुटेर आफ्ना नजिकका कार्यकर्ता पोस्ने काम बाहेक अरु केही नगरेको उनको भनाई थियो ।
‘आर्थिक गतिविधिका कार्यक्रम ल्याउनुको सट्टा विभिन्न दलाल, प्रोत्साहित पुँजीवादको चङ्गुलमा फसाउने काम ओलीबाट भएको छ,’ उनले भनिन्, ‘ओलीका क्याबिनेटकै मान्छेहरु ठुला भ्रष्टाचार काण्डमा मुछिए, ओली उनीहरुको सहयोगी समेत भए ।’
त्यस्तै एकीकृत समाजवादीका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वाला, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेता अमरबहादुर थापा लगायतका नेताहरुले पनि आम कार्यकर्ताहरुलाई पार्टी विभाजका विषयमा जानकारी गराएका थिए।
नेताहरुले अब एकीकृत समाजवादी पार्टीलाई कसरी व्यवस्थित तरिकाले अगाडि बढाउने भन्नेबारेमा समेत सल्ला–सुझाव दिएका थिए । जिल्ला सदरमुकाममा गरिएको उक्त भेलामा झण्डै ४ सय बढी अगुवा कार्यकर्ताहरु सहभागी बनेको एकीकृत समाजवादी दैलेखले दावी गरेको छ । एकीकृत समाजवादीले दैलेख ११ वटै पालिका र नब्बे वटै वडामा पार्टी गठनको प्रक्रियालाई अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण