५ लाख नतिरेको भन्दै अपहरण, मामा–भान्जी पक्राउ
काठमाडौं । पाँच लाख नतिरेको निहुँमा पेट्रोलियम पदार्थ व्यवसायीले एकजना महिलालाई अपहरण गरेर बन्धक बनाएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध महाशाखाले भक्तपुरका धिरोज श्रेष्ठ र उनकी भाञ्जी रसिला अवाललाई पक्राउ गरेको छ । असोज १५ मा चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित डेराबाट निरमान भोम्जनकी पत्नीलाई धिरोजले अपहरण गरेर लगेर सुचना आएपछि पीडितलाई उद्दार गरिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।
मध्यपुर ठिमी घर भएका धिरोजले महिलालाई चाँगुनारायण नगरपालिका स्थित सरस्वती खेलमा रहेका भान्जी नाता पर्ने रसिलाको घरमा लगेर बन्धक बनाएर राखेका थिए । प्रहरीले पीडितलाई असोज १७ मा रसिलाको घरबाट उद्दार गरेको थियो ।
धिरोज पेट्रोलियम पदार्थ व्यवसायी हुन् । उनको अफिसमा काम गर्दा निरमानले ५ लाख रुपैयाँ लगेका थिए । ट्यांकर चालक निरमानले पैसा नतिरेको र आफ्नो अफिस छाडेर सम्पर्कविहीन भएपछि सो पैसा नल्याउँदासम्म पत्नीलाई राजिखुसीमा भाञ्जिको घरमा लगेर राखेको धिरोजले प्रहरीलाई बताएका छन् ।
मामा–भाञ्जीलाई अपहरण मुद्दामा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । भोम्जन र श्रेष्ठले स्थानीय निकायमा लेनदेनको कागज गरेको फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण