१९५० यता फ्रेन्च पादरीहरुले २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा
सन् १९५० यता फ्रेन्च क्याथोलिक धर्मगुरु, डिकन र अन्य पादरीहरुले करिब २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेको एक स्वतन्त्र अध्ययनले पत्ता लगाएको छ । ती घटनाहरूलाई ‘शून्यताको घुम्टो’ भित्र लुकाइएको २५ सय पृष्ठ लामो अध्ययनले आरोप लगाएको छ ।
मंगलबार सार्वजनिक गरिएको रिपोर्टले रोमन क्याथोलिक चर्च थप दबाबमा परेको छ । विश्वभरबाट चर्चका विभिन्न यौनकाण्डहरु बाहिर आइरहेका छन्, जसमा विशेष गरेर बालबालिकाहरु संलग्न रहेका छन् । जाँचबुझ आयोगका प्रमुख जिन र्माक साउभेले फ्रान्समा यौन दुर्व्यवहार ‘प्रणालीगत’ रहेको र यसमा करिब ३ हजार धर्मगुरु र पादरी संलग्न रहेको बताए ।
पीडितमध्ये ८० प्रतिशत बालकहरू रहेको पनि उनले खुलाए । उक्त रिपोर्टलाई सार्वजनिक गर्दै उनले चर्चले पीडितलाई भन्दा आफूलाई बचाउन ‘क्रूर’ उदासीनता देखाएको पनि आरोप लगाए । चर्चले त्यस्ता घटना रोक्न आवश्यक कदम चाल्न असफल रह्यो भने त्यस्ता घटनामा आँखा चिम्लनुका साथै जानाजान बालबालिकाहरुलाई पीडकको सम्पर्कमा पुर्याएको उनले बताए ।
‘यसको परिणाम निकै गम्भीर देखिएको छ,’ साउभेले भने, ‘यौन दुर्व्यवहारमा परेका करिब ६० प्रतिशत पुरुष र महिलाले आफ्नो मानसिक र यौन जीवनमा जटिल समस्या ब्यहोरिरहेका छन् ।’ पोप फ्रान्सिसले पीडितहरु बाहिर आएकोमा धन्यवाद व्यक्त गरेका छन् । भ्याटिकनले एक वक्तव्य जारी गदै यसको मोचनको बाटोमा अघि बढ्ने बताएको छ । -अलजजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण