मन्त्री छान्न पौडेल समूहले बोलायो बैठक
बुधबार, २० असोज २०७८, १२ : २९
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन बैठक बस्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ ।
प्रधानमन्त्री देउवाले दुई मन्त्रालय पाउने भएपनि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ । सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, राजन केसी र तुलानारायण चौधरीको नाममा छलफल हुनेछ । जसमध्ये दुईजनालाई मन्त्रीका लागि सिफारिस गरिने ती नेताले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ