यसपटक काठमाडौंलाई सभापति छोड्नुपर्छ : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशन आफू सभापति पदमा लड्ने बताएका छन् । नेपाली काँग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नेता प्रकाशमान सिंहले कुनै हालतमा सभापति पदमा लड्ने बताए ।
१३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको बताए । ‘‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो,’ उनले भने, ‘म पहिले महामन्त्री जितेको हुँ। बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ।’
यसपटक काठमाडौंबाट काँग्रेसले सभापति पाउने बताए । ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने, उनले प्रश्न छ, ‘म कुनै हालतमा सभापति लड्छु । अब काँग्रेसले काठमाडौंबाट सभापति पाउँछ ।’
उनले पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति भनेको र यसपालि काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए। ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो,’ उनले भने। यस्तै नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको सिंहको भनाइ छ ।
पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको उनले बताए । ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नुभएन,’ सिंहले भने, ‘ए काँग्रेस, बी काँग्रेस र सी काँग्रेस बनेको अवस्था छ ।’
जनता भने नेपाली काँग्रेस खोजेको भन्दै त्यसका लागि आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने पनि उनको आग्रह छ । १४ औं महाधिवेशनबाट आफू सभापतिमा निर्वाचित भएपछि जनताले खोजेजस्तो काँग्रेस बन्ने आउने सिंहको भनाइ थियो।
आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको पनि उनले बताए। ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपर्यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन्,’ उनले भने, ‘प्रजातन्त्र जोगाउनुपर्‍यो। पार्टी संस्थागत गर्नुपर्यो। जनतालाई सहयोग गर्नुपर्यो भन्ने हो। मलाई पदमा पुगेर पैसा कमाउनुछैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण