नेकपा (एकीकृत समाजवादी) मा मन्त्री छान्ने जिम्मा माधवलाई
बिहीबार, २१ असोज २०७८, १४ : २६

नेकपा एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडका साथै मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकपछि नेता विरोध खतिवडाले मन्त्रालय र मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको जानकारी दिए । मन्त्री र मन्त्रालय बाँडफाँडको जिम्मा अध्यक्षलाई नै दिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले भने, ‘हामीले सबै जिम्मा अध्यक्षलाई दिएका छौ ।’
स्थायी कमिटी बैठक लगत्तै अध्यक्ष नेपाल गठबन्धनका शीर्ष नेताहरूको बैठकमा भाग लिन बालुवाटार गएका छन् । ‘मन्त्रालय बाँडफाँडबारे अस्तिको सहमति अन्तिम होइन, त्यसबारे थप निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएका छौं’ खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव
-
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?
-
कर्मकाण्डी नीति तथा कार्यक्रममाथिको बहस, सुन्ने कोही छैन (तस्बिरहरू)