राप्रपा २६ जिल्लाको अधिवेशन गर्न असफल, महाधिवेशन सर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ । पार्टीको असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला तहको अधिवेशन अझै नसकिएकाले अधिवेशन सर्ने भएको हो । राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले २६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको बताए । उनले बाँकी जिल्लाको अधिवेशन गर्न छिट्टै अध्यक्षत्रयको बैठक बसेर निर्णय लिने बताए ।
निर्वाचन समितिका सदस्य सचिव गीताभक्त जोशीका अनुसार हालसम्म ५१ जिल्लाको अधिवेशन सम्पन्न भइसकेकामा ८ जिल्लामा देखिएको केही विवाद समाधान उन्मुख रहेको बताए । बाँकी १८ जिल्लाको हकमा पनि पार्टीको निर्णयपछि सहमति जुटाएर चाँडोभन्दा चाँडो अधिवेशन गर्न प्रयास गरिने उनको भनाइ छ ।
राप्रपाले असोज २० गतेसम्म अधिवेशन र सक्रिय सदस्यता वितरणको विषय २५ गतेसम्म टुंगो लगाएपनि सो समयमा काम पूरा नभएकाले अब महाधिवेशन नै सर्ने निश्चित भएको एक उच्च नेताले बताए । सम्भवतः शनिबार अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाबीच बैठक बसेर आवश्यक निर्णय हुने ती नेताको भनाइ छ ।
राप्रपाभित्र महाधिवेशन सारेर मंसिर अन्तिम सातातिर गर्नेगरी छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
