उपप्रधानमन्त्रीविहीन भयो देउवा सरकार, दोस्रो र तेस्रो वरियता काँग्रेसकै
शुक्रबार, २२ असोज २०७८, १६ : ११

शेरबहादुर देउवा नेतृत्वको सरकार उपप्रधानमन्त्रीविहीन भएको छ । शुक्रबार देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिँदा कसैलाई पनि उपप्रधानमन्त्री नबनाइएको हो । सत्ता गठबन्धनमा समीकरण मिलाउनका लागि उपप्रधानमन्त्री नबनाइएको बताइएको छ ।
यसैबीच देउवा सरकारमा दोस्रो र तेस्रो वरियता काँग्रेसले नै पाएको छ । काँग्रेस नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरियतामा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो वरियतामा रहेका छन् । त्यसपछि माओवादीको तर्फबाट मन्त्री बनेकी पम्फा भुसालको वरियता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित