कर्णाली नदीमा डुंगा दुर्घटना : एक जना बेपत्ता
आइतबार, २४ असोज २०७८, ११ : ५७
कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको प्रहरीले बताएको छ। नदीमा डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने,‘ दसैँमा घर लिप्ने सेतो (कमेरो) माटो ल्याउनका लागि नदी वारी घाट गाउँबाट डुंगा चढेर पारी (कैलालीको केवरीतर्फ) जाँदै गर्दा पारीतिर दुर्घटना भएको रहेछ । डुंगामा ७ जना सवार थिए । १ जना बाहेक अरु सबै सकुशल छन्।’ उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण