लुम्बिनीमा मन्त्रिपरिषद विस्तार : कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मनित्रपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीका वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीको सपथ लिएका हुन् ।
दाङका इन्द्रजीत थारूले स्वास्थ्य तथा जनसंख्या, बर्दियाका तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीका रुपमा सपथ लिएका छन् ।
त्यसैगरी रिना नेपाल विकले पर्यटन ग्रामिण तथा सहरी विकास, अर्जुन कुमार श्रेष्ठले उर्जा जलस्रोत तथा सिंचाई, विमला खत्री ओलीले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीका रुपमा सपथ लिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
-
कानुन दिवस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीदेखि सभामुखसम्म (फोटोफिचर)
-
तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
-
भारत र पाकिस्तानमा क्रिकेट खेलिरहेका इङ्ल्यान्डका यी चर्चित दाजु–भाइ सुरक्षालाई लिएर चिन्तित
-
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक
-
श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु