गृह जिल्लाका कार्यकर्ता रिझाउँदै निधि
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधिले गृहजिल्ला धनुषामा कार्यकर्ता रिझाउने प्रयास थालेका छन् । दशैँ, तिहार तथा छठको अवसर पारेर धनुषाको चारवटै निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित कार्यक्रम अनुसार उनले कार्यकर्तालाई रिझाउने प्रयास थालेका हुन् ।
सोही क्रममा धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ स्थित नगराइन नगरपालिकामा आयोजित कार्यक्रममा उपसभापति निधिले १५ औं महाधिवेशनपछि काँग्रेसमा युवा पुस्ताले पार्टीको नेतृत्व गर्ने बताए । १४ औं महाधिवेशनमा आफूले सभापति पदमा दाबी गरेको उल्लेख गर्दै उनले १५ औं महाधिवेशनमा विश्वप्रकाश शर्मा, गगन थापाको पुस्ताले नेतृत्वमा स्वाभाविक रुपमा दाबी गर्ने बताए ।
सभापति शेरबहादुर देउवालाई आफूले १३ औं महाधिवेशनमा सहयोग गरेको र सोही बेला देउवाले आफूलाई सभापति बनाउने बचन दिएको पनि निधिले दाबी गरे । आफूले १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएको र देउवासँग सहयोगसमेत मागेको भन्दै निधिले देउवाबाट १५ औं महाधिवेशनमा मात्र आफूलाई सघाउने आश्वासन आएको तर आफूले १४ औं महाधिवेशनमै सभापतिका लागि दाबी गर्ने निधो गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण