मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

गृह जिल्लाका कार्यकर्ता रिझाउँदै निधि

आइतबार, २४ असोज २०७८, २० : ५०
आइतबार, २४ असोज २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधिले गृहजिल्ला धनुषामा कार्यकर्ता रिझाउने प्रयास थालेका छन् । दशैँ, तिहार तथा छठको अवसर पारेर धनुषाको चारवटै निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित कार्यक्रम अनुसार उनले कार्यकर्तालाई रिझाउने प्रयास थालेका हुन् ।

सोही क्रममा धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ स्थित नगराइन नगरपालिकामा आयोजित कार्यक्रममा उपसभापति निधिले १५ औं महाधिवेशनपछि काँग्रेसमा युवा पुस्ताले पार्टीको नेतृत्व गर्ने बताए । १४ औं महाधिवेशनमा आफूले सभापति पदमा दाबी गरेको उल्लेख गर्दै उनले १५ औं महाधिवेशनमा विश्वप्रकाश शर्मा, गगन थापाको पुस्ताले नेतृत्वमा स्वाभाविक रुपमा दाबी गर्ने बताए ।

सभापति शेरबहादुर देउवालाई आफूले १३ औं महाधिवेशनमा सहयोग गरेको र सोही बेला देउवाले आफूलाई सभापति बनाउने बचन दिएको पनि निधिले दाबी गरे । आफूले १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएको र देउवासँग सहयोगसमेत मागेको भन्दै निधिले देउवाबाट १५ औं महाधिवेशनमा मात्र आफूलाई सघाउने आश्वासन आएको तर आफूले १४ औं महाधिवेशनमै सभापतिका लागि दाबी गर्ने निधो गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप