निरुको ‘माया मेरी’मा सुधिर र उषाको रोमान्स
काठमाडौँ । गायिका निर्मला घिमिरे 'निरु'को सुमधुर स्वर रहेको नयाँ गीत ‘माया मेरी’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन् ।
मुनाल शिशिर कोइरालाको प्रेमकथाले भरिएको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको संगीत संयोजन पुरुषोतम सुवेदीले गरेका हुन् । गीतको भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा समेटिएको छ । जसमा सुधिर श्रेष्ठ, उषा उप्रेती, कमल सिंह र जुना कार्कीको रोमान्स देख्न सकिन्छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो विकल्प क्रिएसनले निर्माण गरेका हो ।
उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन रहेको भिडियो पछिल्लो समयका चर्चित तथा ब्यस्त निर्देशक मुनाल शिशिर कोइरालाले भिडियो निर्देशन गरेका हुन् । गीत तथा भिडियोले दर्शक तथा श्रोताको मन जित्ने विश्वास रहेको गायिका घिमिरेले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण