रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको गोल वर्षा
बुधबार, २७ असोज २०७८, ०६ : ३२
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । विश्वकप छनोट अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगल ५–० गोलले विजयी भएको हो ।
खेलका आठौँ र १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले अर्को गोल थपे । दोस्रो हाफमा जोआओ पाल्हिन्हाले चौथो गोल गरे भने खेलको अन्त्यतिर रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।
योसँगै रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुर्याएका छन् । ३६ वर्षीय खेलाडीले गत महिनामात्र अली देइको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग गरेका थिए । समूहकै अन्य खेलमा शीर्ष स्थानमा रहेको सर्बियाले अजरबैजानलाई ३–१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेडिकल शिक्षामा दिइने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गरिने
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यस्ता छन् शिक्षा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिका निर्णय
-
गण्डकी प्रदेश सरकार विवाद : कोशीको नजिर अब गण्डकीमा लागू हुन्छ कि हुँदैन ?
-
हत्यामा दोषी ठहर भएका शर्मालाई निलम्बन गरेकोप्रति असन्तुष्टि जनाउँदै लोसपाले लेख्यो पत्र
-
खेलकुद मन्त्रालयमा मूलपानी क्रिकेट रंगशालाको डीपीआर प्रस्तुत