विश्वकपमा छनोट हुने दोस्रो युरोपेली टोली बन्यो डेनमार्क
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट हुने डेनमार्क दोस्रो युरोपेली टोली बनेको छ । समूह एफमा रहेको डेनमार्कले मंगलबार अस्ट्रियामाथि १–० को जीत हासिल गर्दै प्रतियोगितामा स्थान पक्का गरेको हो ।
जुआकिम माहलेले ५३ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । टोलीको यो छनोट खेलहरूमा लगातार सातौँ जीत थियो भने टोली हालसम्म अपराजित रहेको छ । यसअघि, सोमबार जर्मनी विश्वकपमा स्थान पक्का गर्ने पहिलो युरोपेली टोली बनेको थियो ।
स्टार खेलाडी क्रिस्टियन एरिक्सनबिना विश्वकप छनोटमा खेलिरहेको डेनमार्कले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टोलीले सन् २०२० को सेमिफाइनलसम्म युरोपियन च्याम्पियनसीपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।
शीर्ष स्थानमा रहेको डेनमार्क दोस्रो स्थानमा रहेको स्कटल्याण्डभन्दा ७ अंकले अघि रहेको छ । स्कटल्याण्डले फारो आइल्याण्डलाई १–० ले हरायो । तेस्रो स्थानमा रहेको इजरायलले मोल्डोभालाई २–१ ले पराजित गर्यो । इजरायल स्कटल्याण्डभन्दा ४ अंकले पछि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण