विश्वकपमा छनोट हुने दोस्रो युरोपेली टोली बन्यो डेनमार्क

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट हुने डेनमार्क दोस्रो युरोपेली टोली बनेको छ । समूह एफमा रहेको डेनमार्कले मंगलबार अस्ट्रियामाथि १–० को जीत हासिल गर्दै प्रतियोगितामा स्थान पक्का गरेको हो ।
जुआकिम माहलेले ५३ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । टोलीको यो छनोट खेलहरूमा लगातार सातौँ जीत थियो भने टोली हालसम्म अपराजित रहेको छ । यसअघि, सोमबार जर्मनी विश्वकपमा स्थान पक्का गर्ने पहिलो युरोपेली टोली बनेको थियो ।
स्टार खेलाडी क्रिस्टियन एरिक्सनबिना विश्वकप छनोटमा खेलिरहेको डेनमार्कले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टोलीले सन् २०२० को सेमिफाइनलसम्म युरोपियन च्याम्पियनसीपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।
शीर्ष स्थानमा रहेको डेनमार्क दोस्रो स्थानमा रहेको स्कटल्याण्डभन्दा ७ अंकले अघि रहेको छ । स्कटल्याण्डले फारो आइल्याण्डलाई १–० ले हरायो । तेस्रो स्थानमा रहेको इजरायलले मोल्डोभालाई २–१ ले पराजित गर्यो । इजरायल स्कटल्याण्डभन्दा ४ अंकले पछि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन