बाढी प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न ठाउँमा आएको बाढीबाट प्रभावित भएकालाई तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन् । आइतबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको छ ।
वर्षाका कारण भएको डुबानबाट हजारौं हेक्टरमा लगाइएको धान तथा अन्य बाली नष्ट भएको छ भने खेतीयोग्य जमिन बाढीले कटान गरेको छ । त्यसबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाणलाई निर्देशन दिएको प्रधानमन्त्री देउवाले ट्वीटमार्फत जनाएका छन् ।
यसैबीच, सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण कृषिमा भएको क्षतिको बारेमा अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बाढीका कारण कृषिमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको र मातहतका निकायहरूलाई क्षतिको विवरण संकलन गरेर पठाउन भनेको बताए ।
‘वर्षा भइरहेको कारण क्षतिको विवरण संकलनमा समस्या भइरहेको छ,’ उनले भने, ‘तै पनि प्रयास भइरहेको छ ।’ सञ्चारमाध्यममा आएका समाचारहरु हेर्दा ठूलै क्षति भएको अनुमान गरिए पनि पूर्ण तथ्याङ्क नआएसम्म कति क्षति भएको हो भनेर प्रस्ट भन्न नसकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?