मकवानपुरमा दसैँका बेला १४ वटा सवारी दुर्घटना, ५ जनाको मृत्यु
मकवानपुरमा दसैंको अवधिमा १४ वटा सवारी दुर्घटना भएका छन् । गत असोज २१ गतेदेखि ३१ गतेसम्म मकवानपुरका विभिन्न स्थानमा गरी १४ वटा सवारी दुर्घटना भएका हुन् । उक्त दुर्घटनामा विभिन्न २३ वटा सवारी साधनहरु संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा जिल्लामा सबैभन्दा बढी दुईपांग्रे सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सो अवधिमा सुमो (जिप) दर्घटनामा २ जना, मोटरसाइकल दुर्घटनामा २ जना र धान काट्ने मेसिन (थ्रेसर) दुर्घटनामा एक जना गरी ५ जनाले ज्यान गुमाएका हुन् । उक्त दुर्घटनामा परी ११ जना व्यक्तिहरु गम्भीर घाइते भएका छन् भने ३५ जनाको अवस्था सामान्य रहेको छ ।
ट्राफिक प्रहरीकाअनुसार गत असोज २७ गते दिउँसो पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ०२–०३–००१ त १०३ नम्बरको धान काट्ने मेसिन (थ्रेसर) हेटौंडा–९ पशुपतिनगरमा अनियन्त्रित भइ पल्टिएर दुर्घटना हुँदा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–४ बस्ने अन्दाजी ५० वर्षीय रुस्तम अन्सारी रहेका छन् ।
यस्तै, असोज २९ गते राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा नारायणघाटबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा–१५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको थियो ।
असोज ३० गते दिउँसो हेटौंडा–कुलेखानी–काठमाडौँ सडकखण्ड अन्तर्गत पर्ने इन्द्रसरोबर गाउँपालिका वडा नम्वर–२ लामाबगरमा काठमाडौंबाट काठमाडौं आउँदै गरेको ना १ ज ४५११ न को सुमो (जीप) अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा काठमाडौँ–१६ गोदाबारी बस्ने ६२ वर्षीय विष्णुबहादुर श्रेष्ठ र पर्सा पोखरिया–७ गोविन्दपुर बस्ने अन्दाजी ४५ वर्षीय रामसहनी रामको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण