च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जीत, बायर्नको गोल वर्षा
जेरार्ड पिकेको गोलको मद्दतले बार्सिलोनाले डाइनामो किएभमाथि १–० को जीत हासिल गरेको छ । यो सिजन च्याम्पियन्स लिगमा बार्साको पहिलो जीत हो ।
खेलको ३६ औँ मिनेटमा जोर्डी अल्बाको पासमा पिकेले खेलको निर्णायक गोल गरे । युरोपियन प्रतियोगितामा बार्सिलोनाले करिब साढे चार घण्टाको खेलपछि पहिलो गोल गरेको थियो । जीतसँगै बार्सिलोनाले प्रतियोगिताको नकआउट चरणमा छनोट हुने सम्भावना कायम राखेको छ ।
यसअघिका दुई खेलमा बार्सिलोना बायर्न म्युनिख र बेनफिकासँग समान ३–० गोलअन्तरले पराजित भएको थियो । तीन खेलपछि बार्सिलोनाको ३ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको बेनफिकाको ४ तथा शीर्ष स्थानमा रहेको बायर्नको ९ अङ्क रहेको छ ।

बुधबार नै भएको बायर्नले बेनफिकालाई उसैको घरेलु मैदानमा ४–० गोलले हरायो । बायर्नले १२ मिनेटको अन्तरमा सबै गोल गरेको थियो । बायर्नको जीतमा लेरोय सानेले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । बेन्फिकाले एक गोल आत्मघाती गर्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण