आलमको मुद्दामा फेरि पनि भएन सुनुवाइ
पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ भएन । सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ ।
विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
शुक्रबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने गरी पेसी तोकिएको थियो । यसअघि पनि आलमको मुद्दामा पटक पटक पेसी तोकिएको थियो । यद्यपि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाइ स्थगित हुँदै आएको छ ।
आलम रौतहटबाट निर्वाचित सांसद हुन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका हुन् । जिल्ला अदालत र उच्च अदालतले उनलाई हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तल्लो अदालतको सो आदेशविरुद्ध आलमले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण