अपि पावरले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने
आइतबार, ०७ कात्तिक २०७८, ०८ : १३
अपि पावर कम्पनीले पुनः हकप्रद सेयर सार्वजनिक गर्ने भएको छ । ३९.३६ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.३९ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म आफ्नो चुक्ता पुँजीको २९ प्रतिशत अर्थात् ५६ लाख ७० हजार कित्ता बराबरको हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
यस्तै, कम्पनीले दोस्रो पटक गत वर्षको कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । पछिल्लो पटक कम्पनीले तेस्रो पटक हकप्रद जारी गर्न लागेको हो । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण