जगन्नाथ खतिवडाको गम्भीर आरोप : मदन भण्डारीका हत्यारा केपी ओलीले लुकाए
नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी ओलीले तत्कालीन पार्टी महासचिव मदन भण्डारीका हत्यारा लुकाएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीको गृहजिल्ला झापामा शनिबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खतिवडाले भने, ‘मलाई के लाग्छ भने उहाँहरुले हत्याको योजना बनाउनुभयो पनि भन्दिन, हत्या गर्नुभयो पनि भन्दिन, तर हत्याराको प्रमाण लुकाउन उहाँहरु संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ’, खतिवडाले भने, ‘होइन भने उहाँहरुले छानविन गर्नुपर्दथ्यो, खोजी गर्नुपर्दथ्यो, त्यसका लागि योजना बनाउनुपर्थ्यो । यसकारण उहाँहरुले मदन भण्डारीको नाममात्र बेचिरहनुभएको छ ।’
नेता खतिवडाले मदन भण्डारी र नेता जीवराज आश्रितको हत्यापछि पार्टीले केपी ओलीको नेतृत्वमा बनाए एक सदस्यीय कार्यदलले प्रतिवेदन नै सार्वजनिक नगरेपछि हत्यामा कहिँकतै साजिस त छैन ? भन्ने बारम्बार लागेको बताए ।
‘म अनुसन्धानकर्ता होइन, तर त्यो एक सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन दुनियाँका लागि अगाडि ल्याउने हिम्मत केपी ओलीले किन गरेनन् ? यो बडो प्रश्नवाचक बनेको छ यो तपाईँहरुले दुनियाँलाई सुनाइदिनुभए हुन्छ’, खतिवडाको प्रश्न छ । उनले दुई नेताको हत्यापछि सवैभन्दा सर्वाधिकार र शक्तिशाली केपी ओलीकै नेतृत्वमा सरकार बनेको र उसले जुनसुकै छानविन गर्न सक्ने भएपनि त्यसो नगरेको बताए ।
‘दुई तिहाइ नजिकको र जस्तोसुकै राज्यको संयन्त्र प्रयोग गर्नसक्ने अवसर प्राप्त गरेको बेलामा र स्वर्गीय मदन भण्डारीको धर्मपत्नी विद्या भण्डारी देशको राष्ट्रपति भएको बेलामा र म मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ भनेर आफुलाई प्रस्तुत गर्न चाहने केपी ओली देशको शक्तिशाली प्रधानमन्त्री भएको बेलामा यो हत्याको छानविन गर्ने कोशिस उहाँहरुले गर्नुभएन’, खतिवडाको भनाई छ ।
उनले ओली मदन भण्डारीको नक्कली पक्षधर भएको भन्दै मदनको लोकप्रियतालाई उत्तराधिकारी हुनसक्छु कि भनेर प्रयत्न गरिरहेको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण