प्रदेश १ मा आलोपालो चाहियो, फ्लोर क्रस गर्दैनौँ : राजीव कोइराला
प्रदेश १ मा नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफ्नो पार्टी केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको प्रस्ट पार्दै प्रदेशसभामा फ्लोर क्रस नहुने बताएका छन् । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा काँग्रेसले एकजुट भएर प्रस्तावको विपक्षमा मतदान गर्ने उनले बताए । यद्यपि उनले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नका लागि आफूहरुको माग रहेको पनि प्रस्ट पारे ।
रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामी गठबन्धनप्रति प्रतिवद्ध छौं, एमाले नेतृत्वको सरकारलाई जोगाउन हामी कुनै पनि प्रकारको भूमिका निर्वाह गर्ने छैनौँ ।’ तर, प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसले आलोपालो गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । यसबारे थप छलफल गर्नका लागि नै आफूहरुले आइतबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेको उनले प्रस्ट पारे ।
‘बागमती प्रदेश र प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने सहमति बनेकै हो,’ उनले भने, ‘तर बागमतीमा दोहोरो मापदण्ड भयो भन्ने कुरा आयो, प्रदेश १ मा भने एकलौटी सरकारको नेतृत्व गर्ने भन्ने कुरा मिल्दो नभएकाले हामीले आलोपालोको माग गरेका हौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

