टी २० विश्वकप : बंगलादेशले श्रीलंकालाई दियो १ सय ७२ रनको लक्ष्य
आइतबार, ०७ कात्तिक २०७८, १७ : ५७
टी २० विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई खेल जित्नका लागि १ सय ७२ रनको चुनौती दिएको छ । शारजाह मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको हो । बंगलादेशबाट ओपनर महोम्मद नैमले ५२ बलमा ६२ रनको इनिङ्ग्स खेलेका थिए । उनले यसक्रममा ६ चौका प्रहार गरे । त्यस्तै, मुसफिकर रहिमले अविजित ५७ रन बनाए ।

उनले ३७ बल सामना गर्दै ५ चौका र २ छक्का लगाएका थिए । त्यस्तै, महमदुल्लाहले अविजित १० रनको योगदान गरे । यसअघि लिट्टोन दास १६, सकिव अल हसन १० र अफिफ हुसैन ७ रनमा आउ टभएका थिए । श्रीलंकाबाट चामिका करुनारत्ने, बिनुरा फर्नान्डो र लाहिरु कुमाराले एक एक विकट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण