पोखरामा मुद्दा मिलाइदिने भन्दै ५ लाख माग्ने २ जना पक्राउ
पोखरामा जुवातास खेलेको आरोपमा पक्राउ परेकाको मुद्दा मिलाइदिने प्रलोभन देखाएर ठुलो रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । गत असोज १९ गते पोखराको लामाचौरबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परी अनुसन्धानमा रहेका प्रतिवादीलाई छुटाइदिने भन्दै पाँच लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे खानीखोला–१ घर भइ हाल पोखरा बस्ने वर्ष २९ का चन्द्रबहादुर बल र गोरखा शहीद लखन गाउँपालिका –१ स्थायी घर भई हाल पोखरा अर्घौंचोक बस्ने वर्ष ३१ का जीवन गुरुङ रहेको प्रहरीले जनाएको छ । रकम माग गरेर ठगी गर्न खोजेको भन्ने जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
उनका अनुसार जुवा तथा सट्टेबाजी मुद्दामा अनुसन्धानमा रहेका प्रतिवादीहरुलाई उनीहरुले प्रहरी, वकिल र अदालतमा आफूहरुले चिनेका व्यक्तिहरु भएकाले मुद्धा मिलाइदिने भन्दै पाँच लाख माग गरेका थिए । पक्राउ परेका दुवैलाई ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण