संवैधानिक इजलासमा बस्ने न्यायाधीशले पनि राजीनामा दिनुपर्छ : नेता बस्नेत
भक्तपुर । नेकपा एमालेका नेता तथा संघीय सांसद महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मात्र नभएर संवैधानिक इजालसमा बस्ने अन्य न्यायाधीशले पनि राजीनामा दिनु पर्ने बताएका छन् । नेकपा एमाले चाँगुनारायण वडा न. ६ कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने ‘प्रधानन्यायाधीशको राजीनामा हामीले मागेका छैनौं अरुले नै माग्न थालिसक्नु भो ।’
वर्तमान सरकार मयूरको प्वाँख लगाएको नक्कली काग भएको रहस्य खुल्दै गएको भन्दै बस्नेतले नेपालको न्यायालय कसरी चलेको छ भन्ने प्रष्ट भएको बताए । षड्यन्त्र र मन्त्री पदको बार्गेनिङ गरेर एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई हटाएको न्यायालयमा बस्ने अधिकार प्रधानन्यायाधीशलाई नभएकाले तुरुन्तै राजीनामा दिनुपर्ने उनको भनाई छ । एमाले चाँगुनारायण वडा न. ६ कमिटीको प्रथम अधिवेशनबाट सुरज बाँस्तोलाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कमिटि चयन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण