हनी ट्रयापको आरोपमा राजधानीको नक्सालबाट एक युवती पक्राउ
हनी ट्रयापमा संलग्न रहेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । हनी ट्रयापिङमा पारी विभिन्न युवाहरुलाई ठगी गर्दै हिँडेकी सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गाकी देवी थापा पक्राउ परेकी हुन् ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार महिलाविरुद्ध हनी ट्रयापिङको समेत उजुरी परेको भएपनि उनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको हो । परिसरको टोलीले उनलाई राजधानीको नक्सालबाट पक्राउ गरेको हो ।
आरोपीले कम्तीमा ६ जना युवाहरुलाई हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएको छ । उनले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, नेपाल प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवासँग १३ लाख, जन्मजात अशक्त एक युवासँग २ लाख २१ हजार ठगी गरेको उजुरी परेको छ ।
त्यसैगरी ओखलढुङ्गाकै एक युवालाई खातामा नभएको चेक दिएर ठगी गरेको भन्दै चेक बाउन्सको उजुरी परेको थियो । खातामा रकम नभएको जान्दाजान्दै ११ लाख ५० हजारको चेक दिएपछि ती युवा युवतीविरुद्ध चेक बाउन्सको उजुरी लिएर परिसर पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर