प्रधानन्यायाधीशको इजलासमा ५ मुद्दाको सुनुवाइ, दुईवटामा कारण देखाउ आदेश जारी
न्यायाधीशहरुको इजलास बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका छन् । जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन् भने एक मुद्दा तामेलीमा राखेका छन् । यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्कोमा कैफियत माग गर्ने आदेश भएको छ ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने आदेश भएको छ । यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिने आदेश भएको छ भने ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।
यस्तै कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण