सशस्त्र प्रहरीको प्रवक्तामा श्रेष्ठ
बुधबार, १० कात्तिक २०७८, १७ : ५४
सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिएका छन् । श्रेष्ठलाई सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्र भित्रका समाचारहरू तथा सङ्गठनबाट सम्पादन भएका जनसरोकारका विषयहरू लगायतका विभिन्न सूचनाहरू प्रवाह गर्ने जिम्मेवारी दिइएको हो ।
श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सो जिम्मेवारी बुझ–बुझारथ गर्नुभएको हो । त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम सञ्चार माध्यम, विज्ञ सञ्चारकर्मीहरू, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरूबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रति हार्दिक आभार प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण