एमाले बागलुङ नगरको अध्यक्षमा परियार चयन
नेकपा एमाले बागलुङ नगर कमिटीको अध्यक्षमा धनबहादुर परियार चयन भएका छन् । मंगलबारदेखि सुरु भएको नगर अधिवेशनले आज परियारको नेतृत्वमा ८६ सदस्यीय नगर कमिटी चयन गरेको हो । उपाध्यक्षमा खिमराज सापकोटा, सचिवमा रामकृष्ण शर्मा,उपसचिवमा कृष्णबहादुर कार्की र गंगा खत्री खड्का चयन भएका छन् ।
पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएसँगै निर्वाचनका लागि मनोनयन दर्ता गराएका पदाधिकारीको उम्मेदवारी नै फिर्ता नगराई नेतृत्वले आपूm अनुकूलको नेतृत्व चयन गरेको छ । पदाधिकारीमा धेरै जनाको उम्मेदवारी परेपछि अध्यक्ष मण्डलले आफूखुशी उम्मेदवारी फिर्ता नगराइ सिधै नेतृत्वको घोषणा गरको उमेदवारहरूले आरोप लगाएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका ध्रुव केसीले आफुले उम्मेदवारी फिर्ता नगरेको बताउँदै निर्वाचन प्रक्रियामा गइसकेपछि उम्मेदवारी फिर्ता गराएर नेतृत्वको घोषणा गर्नुपर्नेमा त्यसो नगरी सिधै घोषणा गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण