बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघ्यो
बेलायतमा कोरोना संक्रमणका ज्यान गुमाउनेको संख्या एक लाख ४० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप २०७ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख ४० हजार ४१ पुगेको हो । तर, कोरोनाबाट मृत्यु भएको मृत्यु दर्ताको आधारमा भने मृतक संख्या एक लाख ६३ हजार भन्दा बढी भएको तथ्यांक छ ।
अघिल्लो दिन २६३ जना संक्रमितको मृत्यु भएको थियो जुन, ८ महिनापछिकै सबैभन्दा बढी हो । मृत्यु हुनेको संख्या पछिल्लो दुई दिन लगातार दुई सय भन्दा बढी रहँदै आएको छ । यसैगरी बितेको २४ घन्टामा थप ४३ हजार ९४१ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कुल संक्रमित हुनेको संख्या ८८ लाख ९७ हजार १४९ पुगेको छ । विगत केहि हप्तायता दैनिक संक्रमितको संख्या ४० हजारमाथि रहँदै आएको छ ।
संक्रमित संख्यामा भएको वृद्धिसँगै अस्पताल भर्ना भएका संक्रमितको संख्या पनि सामान्य रुपमा बढेको छ । पछिल्लो २४ घन्टामा ८९४ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ८ हजार ८०१ पुगेको छ । यस्तै ९५० जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
६७ करोड डोज खोप वितरण
बेलायतमा हालसम्म १० करोड भन्दा बढी कोरोनाविरुद्धको खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९७ लाख ९४ हजार १२० जना अर्थात ८६.६ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५६ लाख ५ हजार ९२० जना अर्थात ७९.३ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ । यसैगरी बेलायतमा कोरोनाविरुद्धको तेस्रो अर्थात बुष्टर डोज लगाउनेको संख्या पनि ६७ लाख नाघेको स्वास्थ्य विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण