रौतहटमा लागुऔषधसहित २ युवक पक्राउ
रौतहटस्थित प्रहरीले लागुऔषधसहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का २२ वर्षीय रोज मोहमद र वडा–२ का ३७ वर्षीय देवेन्द्र दास छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेका अनुसार विशेष इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागुऔषध नियन्त्रण ब्यूरो वीरगंजको संयुक्त टोलीले चन्द्रपुर–४ स्थित चोकमा चेकजाँचको क्रममा रोज मोहम्मदको झोला भित्र लुकाई ल्याएको १० प्याकेट ३ हजार टयाव्लेट लागुऔषध फेला परेको थियो ।
रोज मोहम्मदसँग सोधपुछ गर्दा देवेन्द्र दासले दिएर पठाएको बताएपछि दाशलाई पनि चन्द्रनिगाहपुरबाटै पक्राउ गरीएको डिएसपी लामिछानेले जानकारी दिए। पक्राउ पर्नेहरूलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी बुधबार जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण