मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारको पहिलो निर्णय : सरकारको प्रवक्तामा खनाल
बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खनाललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो ।
नेकपा समाजवादी पार्टीको तर्फबाट पहिलोपटक सत्ता सम्हालेका मुख्यमन्त्री पाण्डेलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गराएका थिए भने पाण्डेको सिफारिसमा सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशकी संसदीय दलको उपनेता कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णप्रसाद खनालले सपथ ग्रहण गरेका थिए ।
मुख्यमन्त्री पाण्डेसहित चार सदस्यीय मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशको ११९ वटै पालिकाका एसइई उत्तिर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएको वर्गबाट छनौट गरी ११९ जना विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय अध्ययनको व्यवस्था मिलाउने निर्णय गरको छ ।
सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार पारी पेश गर्न निर्देशन समेत दिएको मन्त्री खनालले रातोपाटीलाई जानकारी दिए । सरकारले प्रदेशको सबै पालिकाबाट विद्यार्थी छनौट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययन पश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको मन्त्री खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण