शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेरक भनाइ : जस्ताको सङ्गत गर्‍यो त्यस्तै भइन्छ

शुक्रबार, १२ कात्तिक २०७८, ११ : ४४
शुक्रबार, १२ कात्तिक २०७८


१, यदि दृढ विश्वासको साथ निरन्तर कुनै चीजको चिन्तन गर्ने हो भने ढिलो चाँडो त्यो चीज अवश्य प्राप्त गर्न सकिन्छ । चाहे त्यो जस्तोसुकै दुर्लभ चीज किन नहोस् । श्रीमद्भगवत गीता

२, कसैमाथि रिस वा ईष्र्या पालेर बस्नु भनेको अरूलाई हिर्काउन दन्दनाउँदो आगाको कोइला हत्केलामा लिएर बस्नु जस्तै हो । अन्ततः त्यसले आफ्नै हात जलाउने बाहेक केही गर्दैन । गौतम बुद्ध

३, कसैले पनि आफ्नो सिद्धान्त छाडेर कुनै पनि कुरामा सम्झौता गर्नुहुँदैन । अन्यथा चौपट हुन्छ । विश्वेश्वरप्रसाद कोइराला

४, जसरी जनता विना भूगोलले मात्र देश वा राष्ट्र बन्न सक्दैन त्यसैगरी  जनताको सामूहिक भावना विना माटो मात्र पनि राष्ट्रियता हुन सक्दैन । विश्वेश्वरप्रसाद कोइराला 

५, राष्ट्रभक्तिको अर्थ कुनै नेता वा राजामहाराजको पक्षमा उभिनु होइन । अपितु राष्ट्रभक्ति भनेको त्यो हो, जहाँ देशको पक्षमा उभिने गरिएको छ । थियोडोर रुजबेल्ट 

६, तुच्छ विचार हुनेहरूको सङ्गत गर्दा सङ्गत गर्नेहरूको बुद्धि पनि तुच्छ नै हुन्छ । आफू जस्तो छ त्यस्तै मानिसको सङ्गत गर्दा जस्ताकोतस्तै भइन्छ भने उच्च विचार हुनेहरूका सङ्गतमा पर्दा उनीहरू जस्तै बन्न सकिन्छ । वेदव्यास

७, अन्धो भएर परम्पराको पछि लाग्नुभन्दा जेजस्तो भए पनि नवीनता नै ठीक हुन्छ । टी एस इलिएट

८, मीठो बोली र वचनले सबैतिर सुख फैलाउँछ र सुखी भइन्छ । सबैलाई खुसी पार्ने अमोघ सूत्र भनेकै यही हो । सन्त तुलसीदास

९, जुन स्थानमा जाँदा कोही पनि खुसी हुँदैनन्, जुन मानिसमा तपाईँप्रति प्रेम छैन त्यस्तो स्थानमा कहिल्यै जानुहुँदैन, चाहे त्यहाँ सुनको खानी वा धनको वर्षा नै भइरहेको किन न होस् । सन्त तुलसीदास

१०, घरले मानिस बनाउने होइन मानिसले घर बनाउने हो । त्यस्तै ढुङ्गा, माटो, काठ मात्र पनि घर होइन । वास्तवमा घर त्यही हो जहाँ प्रेम, स्नेह, माया, ममता, प्रीति र उदारता रहेको हुन्छ । वानिरा गिरी

११, जस्तोसुकै भए पनि मातृभूमिभन्दा ठूलो चीज अर्को हुँदैन । लक्ष्मीप्रसाद देवकोटा

१२, विश्वको जुनसुकै स्थानमा पुगेको भए पनि कसैले के चाहन्छौ भनेर सोध्यो

 भने निसन्देह भन्नेछु– नेपाल । लक्ष्मीप्रसाद देवकोटा

१३, साथमा भएको चीजलाई छाडेर नभएको चीजको पछि लाग्नु भनेको भएको चीज पनि गुमाउनु हो । आचार्य चाड्णक्य

स्रोत – विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालसंसार डेस्क
बालसंसार डेस्क
लेखकबाट थप