आर्यन खान जमानतमा रिहा हुँदै, देशबाहिर जान नपाउने
शुक्रबार, १२ कात्तिक २०७८, १८ : १३
क्रुज ड्रग्सको मामिलामा मुम्बईको आर्थर रोड जेलमा बन्द शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा हुने भएका छन् । उनका नाममा शुक्रबार दिउँसो जमानत आदेश जारी भएको हो । तर साढे पाँच बजेसम्म अदालतको जमानत आदेश जेलमा नपुगेका कारण शनिबारमात्रै कागजी कारबाही पूरा हुने र आर्यन रिहा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शाहरुखकी मित्र तथा अभिनेत्री जुही चावला आर्यनका नाममा जमानती बनिसकेकी छिन् । उनले सेशन कोर्ट पुगेर कागजातमा हस्ताक्षर गरेकी हुन् । आर्यन खानका वकिल सतिश मानसिन्देले हाई कोर्टको आदेश मिलिसकेको र रिहाईको प्रक्रिया जारी रहेको बताएकी छिन् । एकपटक न्यायाधीशले जमानत स्विकार गरेपछि अन्य औपचारिकताहरुसहित अघि बढ्ने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण