चालू वर्षमा बढ्यो महँगी, सबैभन्दा बढी घ्यू तेलमा
चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको अवधिमा महँगी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार साउन र भदौ महिनामा गत वर्षको भन्दा धेरैले महँगी बढेको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा घ्यू तथा तेलमा २८ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, माछा मासुमा १०.६६, गैर–मदिराजन्य पेय पदार्थमा १०.२५ प्रतिशत र यातायात क्षेत्रमा ९ प्रतिशतको मूल्यवृद्धि भएको केन्द्रीय बैंकको भनाई छ ।
समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.२३ प्रतिशतले महँगी बढेको छ । तराईमा ३.६५ प्रतिशत र पहाडमा ३.९६ प्रतिशत तथा हिमालमा ३.५१ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षको भदौमा काठमाडौं उपत्यकामा ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.७३ प्रतिशतले महँगी बढेको थियो ।
यसैगरी, चालू वर्षको भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ३.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही महिनामा यस्तो मुद्रास्फीति ८.८० प्रतिशत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण