तालिबानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक रुपमा देखा परे
तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए ।
अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहदै आएका थिए । तर अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सार्वजनिक रुपमा देखा परेका थिएनन् ।
तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपि उनको मृत्युको अफवाह पनि फैलिएको थियो । तालिबान अधिकारीहरुका अनुसार शनिबार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकू चेलाहरुसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए ।
सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण