लगानीकर्ता नाफा बुकतर्फ लागेपछि नेप्से १७ अंकले घट्यो
आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १७ अंकको गिरावट आएको छ । गत साताभरमा २०० अंकभन्दा बढीले उकालो लागेको नेप्से परिसूचक आज घटेको हो । नेपाल राष्ट्र बैंकले कात्तिक ३ गते निक्षेपको ब्याजदर नबढाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएपछि बजार उकालो लाग्न थालेको थियो । लगानीकर्ताले त्यसयता कमाएको नाफा बुक गरेपछि आज नेप्से परिसूचक घटेको हो ।
परिसूचक घटे पनि ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भइ १ करोड ३४ लाख कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन बैंक, होटल र टुरिजम तथा लगानी समूहमा भने सुधार आएको छ । ती बाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहमा १२० अंकको गिरावट आएको छ । यस्तै, जीवन बीमा समूहमा ११५ अंकको गिरावट आउँदा लघुवित्त समूहमा ९१ अंकको गिरावट आएको छ ।
नेप्से घटेपनि आज मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ५९ रुपैयाँ कमाएका हुन् । यस्तै, साहस उर्जाका लगानीकर्ताले आज प्रतिकित्ता ४४ रुपैयाँ कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण