हवाई भाडा बढ्यो
आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।
आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।
अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५ रुपैयाँ भाडा बढेको छ । यसअघि यो रुटमा ३५५ रुपैयाँ इन्धन खर्च रहेकोमा अहिले ४०० रुपैयाँ पुगेको हो ।
पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ ।
सार्वजनिक नयाँ भाडा दरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत मंगलबार स्वीकृत गरेसँगै संघले आज सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण