शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

किमाथाङ्का नाका व्यवस्थित गरिन्छ : अर्थमन्त्री शर्मा

बुधबार, १७ कात्तिक २०७८, १७ : ५८
बुधबार, १७ कात्तिक २०७८

अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर संचालनमा ल्याइने बताएका छन् । प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोर निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन् । 

अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने बताउँदै शर्माले संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेकाले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने उल्लेख गरे । आज नै एक अर्को कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने विश्वास व्यक्त गरे ।

नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । ‘अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै छ,’ मन्त्री शर्माले भने । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको पनि शर्माले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप