भारतमा बिजुली बेच्ने निर्णयको इपानले गर्यो स्वागत
बुधबार, १७ कात्तिक २०७८, २१ : ०९
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)ले भारतमा बिजुली बेच्ने निर्णयको स्वागत गरेको छ । नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने सम्झौता भएपछि इपानले उक्त निर्णयको स्वागत गरेको हो ।
बिजुली बेच्ने नेपालको लामो समयदेखिको प्रस्ताव भारतले स्वीकृत गर्दा उत्पादित बिजुली अन्तर्राष्ट्रिय बजारमा बेच्ने बाटो खुलेको इपानले बताएको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आजसम्म नेपालले मात्रै बिजुली किन्दै आएकोमा अब भारतले किन्ने बताए ।
भारतमा बिजुली बेच्ने क्रमलाई सरकारले फराकिलो बनाउँदै लैजानुपर्ने बताउँदै उनले भने, ‘भारतमा बिजुली बेच्ने योजनाले विद्युत उत्पादकलाई खुसी दिएको छ ।’ तर, देशभित्रै बिजुलीको खपत बढाउनुपर्ने योजनालाई भुल्न नहुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण