शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा बिजुली बेच्ने निर्णयको इपानले गर्‍यो स्वागत

बुधबार, १७ कात्तिक २०७८, २१ : ०९
बुधबार, १७ कात्तिक २०७८

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)ले भारतमा बिजुली बेच्ने निर्णयको स्वागत गरेको छ । नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने सम्झौता भएपछि इपानले उक्त निर्णयको स्वागत गरेको हो ।

बिजुली बेच्ने नेपालको लामो समयदेखिको प्रस्ताव भारतले स्वीकृत गर्दा उत्पादित बिजुली अन्तर्राष्ट्रिय बजारमा बेच्ने बाटो खुलेको इपानले बताएको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आजसम्म नेपालले मात्रै बिजुली किन्दै आएकोमा अब भारतले किन्ने बताए । 

भारतमा बिजुली बेच्ने क्रमलाई सरकारले फराकिलो बनाउँदै लैजानुपर्ने बताउँदै उनले भने, ‘भारतमा बिजुली बेच्ने योजनाले विद्युत उत्पादकलाई खुसी दिएको छ ।’ तर, देशभित्रै बिजुलीको खपत बढाउनुपर्ने योजनालाई भुल्न नहुने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप