शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरेको आरोपमा ३ जना युवा पक्राउ

बिहीबार, १८ कात्तिक २०७८, १२ : २१
बिहीबार, १८ कात्तिक २०७८

मोटरसाइकल चोरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट ३ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका घर भएका २२ वर्षीय कैलाश महतो, बारा घर भएका २२ वर्षीय बिनयराज शर्मा र बाराकै २० वर्षीय रविन कुमार शाह छन् ।

उनीहरुले कार्तिक १२ मा वीरगञ्ज महानगरपालिका–१६ स्थित बाबा होटलबाट भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल चोरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताए । प्रहरीले आरोपीहरुको नम्बर प्लेट फेरेको बुलेट मोटरसाइकल बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप