मोटरसाइकल चोरेको आरोपमा ३ जना युवा पक्राउ
बिहीबार, १८ कात्तिक २०७८, १२ : २१
मोटरसाइकल चोरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट ३ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका घर भएका २२ वर्षीय कैलाश महतो, बारा घर भएका २२ वर्षीय बिनयराज शर्मा र बाराकै २० वर्षीय रविन कुमार शाह छन् ।
उनीहरुले कार्तिक १२ मा वीरगञ्ज महानगरपालिका–१६ स्थित बाबा होटलबाट भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल चोरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताए । प्रहरीले आरोपीहरुको नम्बर प्लेट फेरेको बुलेट मोटरसाइकल बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण