कपिलवस्तुको पोखरीमा भेटिएको शव : झड्केलो छोराले बुवालाई हत्या गरेर फालेको पुष्टि, २ जना पक्राउ
कपिलवस्तुको विजयनगर गाउँपालिका–५ बनगाईस्थित पोखरीमा फेला परेको शव हत्या गरेर फालेको थाहा भएको छ । कार्तिक ४ मा ४२ वर्षीय चन्द्रबहादुर थापा ‘गोरे’को शव भेटिएको थियो । चन्द्रबहादुर शिवराज नगरपालिका–९ भगवानपुरका स्थानीय हुन् ।
चन्द्रबहादुरलाई झड्केलो छोरा र ‘भदा’ नाता पर्ने जेठानको छोरा मिलेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले रातोपाटीलाई बताए । हत्या आरोपमा चन्द्रबहादुरका झड्केलो छोरा जयन पुनमगर उर्फ अशोक र जेठानको छोरा मुकेश महरा उर्फ किरणलाई प्रहरीले पक्राउ गरेको छ । मुकेश शिवराज नगरपालिका–९ स्थित भगवानपुरका स्थानिय हुन् ।
सानो छँदा आफुलाई हेपेको र आमालाई घरमा बस्न नदिएको ‘रिसिइबी’ साँधेर जयनले मुकेश महरासँग मिलेर हत्या गर्ने योजना बनाएका थिए । मादक पदार्थ सेवन गरेर बुवा चन्द्रबहादुरलाई मुकेशको स्कुटरमा राखेर बनगाईस्थित पोखरी नजिकै लगेर उनीहरुले कुटपिट तथा घाँटी कसेर हत्या गरेका थिए । हत्यापछि मृतकलाई पोखरीमा फालेर आरोपीहरु फरार भएको डिएसपी भण्डारीले बताए ।
हत्याअघि मुकेशको मोवाइल हराएको थियो । सो मोबाइल चन्द्रबहादुरले चोरेको आशंकामा मुकेशले जयनलाई झड्केलो बुवाको हत्यामा सहयोग गरेका थिए । घटनामा प्रयोग भएको लु.४६ प ४१८९ नम्बरको स्कुटर र घाँटी कस्न प्रयोग गरिएको कपडा प्रहरीले बरामद गरेको छ ।
आरोपी २६ वर्षीय पुनमगर र २४ वर्षीय महराबारे अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण