महाधिवेशन समयमै हुन्छ, जित-हारमा दुस्मनी नबढोस् : सभापति देउवा
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताएका छन् । काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन हुँदैन भन्नेहरूका कुरा नपत्याउन आग्रह गरे ।

'जसले जे भनेपनि नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ, हुन्छ । अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन । त्यसकारण उहाँहरु महाधिवेशन गर्न प्रतिबद्ध हुनुहुन्छ,' देउवाले भने ।
१४ औं महाधिवेशन मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन समितिको तयारी छ । मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिएको देउवाले बताए ।
'हाम्रो पार्टीको महाधिवेशन समयमै होस् भन्ने कुरामा निर्वाचन समितिका सदस्यहरु चिन्तित हुनुहुन्छ,' उनले भने, 'मैले मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्देशन दिएको छु । उहाँले मंसिरभित्र सक्ने प्रतिबद्धता जनाउनुभएको छ । महाधिवेशनको तयारीमा लाग्नुहोला ।'
जिल्ला अधिवेशनबाट भक्तपुरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पनि देउवाको सुझाव छ । उनले भने, 'भरसक सर्वसम्मतिबाट सभापति बनाउनुस् । हुँदै हुँदैन भनेपछि स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस्,' उनले भने ।
प्रतिस्पर्धा गर्दा जित र हार हुने भन्दै दुस्मनी बढाउन नहुने देउवाको भनाइ छ । उनले भने, 'प्रतिस्पर्धामा जाँदा जीत हार हुन्छ । जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनुपर्ने हुन्छ । जित हारमा दुस्मनी नबढोस् ।'
यस्तै देउवाले सबैलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरे । उनले भने, 'कोरोना विरुद्धको खोप लगाउन अति आवश्यक छ । यसलाई सबैले लगाउनु होला ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
