दिदीबहिनी/दाजुभाइ नहुनेले यसरी मनाए भाइटीका (फोटोफिचर)
शनिबार, २० कात्तिक २०७८, १७ : ४१

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व मनाइएको छ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । शनिबार दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाएका छन् ।
विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । छ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि गत वर्षसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि गत वर्षदेखि मात्र भक्तजनका लागि पुन: खुला गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक
-
गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : डा.अञ्जान शाक्य
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
-
‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले